बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू) « Khabarhub

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर लम्बाइ भएको नमूना पुल भएका कारण कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक बन्दै आएको छ ।

चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका छन् । नेपालको सुदूरपश्चिम क्षेत्रलाई अन्य भागसँग जोड्ने यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो ।

करिव २३ करोड ६४ लाख रुपैयाँ (त्यसबेलाको १ करोड ५८ लाख डलर)मा बनेको यो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो ।

विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी ल्याब्सले गरेको थियो ।

पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ ।

यो पुल काठमाडौंबाट ५०० किलोमिटरको दूरीमा छ । पुलको डिजाइन र स्थानले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनाएको छ । पुलको उद्‌घाटन २०५० मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो ।

यो पुलले बर्दिया र कैलालीलाई जोड्ने मात्रै नभएर लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलाई पनि जोडेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १० : १७ बजे

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको