नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै « Khabarhub

नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइँदै छ । 
    
सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी यो पर्व मनाइन्छ । यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन् । 

केहीले भने आजै बेलुकी धनतेरस पूजा गर्छन् । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धर्मावलम्बीको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
  
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामलेसमेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा सजायर राखिएका छन् ।  

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदै छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । आज धनका अधिपति देवताका रूपमा पूजिने कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधना गरिन्छ । केहीले कुबेरको आज र केहीले लक्ष्मीपूजाकै दिन पूजाआराधना गर्छन् ।
 
दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रूपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

धनवन्तरी जयन्ती पनि आइतबार नै मनाइन्छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज धनतेरस पर्व मनाइनुका साथै यमदीपदानसमेत सुरु गरिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १२ : २४ बजे

नेपाल–चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन

काठमाडौं– जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) प्रान्तको परराष्ट्र मामिला कार्यालयको

समावेशी शासन व्यवस्थाको रूपान्तरणलाई अगाडि बढाउनु पर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता

आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत

यू-१९ नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं – एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई