क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता « Khabarhub

क्याम्बोडियामा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक स्वदेश फिर्ता


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्याम्बोडियामा साइबर अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका ६४ जना दक्षिण कोरियन नागरिक शनिबार चार्टर्ड विमानमार्फत स्वदेश फर्किएपछि सिओलको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन्।

दक्षिण कोरियाली प्रहरीले जनाएको अनुसार, ती व्यक्तिहरू विभिन्न अनलाइन ठगी योजनामा संलग्न रहेको आशंकामा अनुसन्धानको घेरामा छन्। उनीहरूलाई विमानमा चढेपछि नै कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको र अब उनीहरूलाई आ–आफ्नो अपराधसँग सम्बन्धित प्रहरी कार्यालयमा लगिने जनाइएको छ।


अधिकांश व्यक्तिहरूले मास्क र टोपी लगाएका थिए र हरेकलाई दुई-दुई जना सुरक्षाकर्मीले नियन्त्रणमा लिएर विमानस्थलको आगमन कक्षतर्फ ल्याइएको टेलिभिजन फुटेजमा देखाइएको छ। धेरैजना हातकडीमा थिए तर हात बाँधिएको भाग कपडाले छोपिएको थियो।

दक्षिण कोरियाली राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पार्क सुंग-जूका अनुसार, ती व्यक्तिहरू भ्वाइस फिसिङ, अनलाइन प्रेम ठगी, लगानीको नाउँमा गरिएको ठगी (पिग बुट्चरिङ स्क्याम) लगायतका अपराधमा संलग्न रहेको बताइएको छ।

उनले भने, ‘क्याम्बोडियामा लागूपदार्थको प्रयोग भएको आशंका पनि रहेकाले, सबैलाई स्ट्यान्डर्ड प्रक्रिया अनुसार ड्रग टेस्ट गरिनेछ।’

यस घटनाक्रमको पृष्ठभूमिमा एक कोरियन विद्यार्थीको क्याम्बोडियामा अपहरणपछि यातना दिई हत्या गरिएको घटना रहेको छ, जसले दक्षिण कोरियामा व्यापक जनआक्रोश जन्माएको थियो। सो विद्यार्थीको शव अगस्ट ८ मा एउटा पिकअप ट्रकभित्र फेला परेको थियो।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वी सुंग-लकले बताएअनुसार, पक्राउ परेका केही व्यक्तिहरू स्वयंले सहभागिता जनाएका थिए भने केही जबरजस्ती संलग्न गरिएका थिए।

दक्षिण कोरियाली परराष्ट्र उपमन्त्री किम जिनाले क्याम्बोडियाली अधिकारीहरूलाई धन्यवाद दिँदै भने, ‘साइबर अपराधविरुद्धको क्याम्बोडियाको निरन्तर प्रयास र हाम्रो देशसँगको सहकार्यप्रति हामी कृतज्ञ छौं।’

सिओलका अनुसार हाल क्याम्बोडियामा करिब एक हजार कोरियन नागरिक यस्ता अनलाइन ठगी केन्द्रहरूमा कार्यरत छन्, जहाँ धेरैलाई हिंसाको धम्की दिएर जबरजस्ती काम गराइन्छ। एम्नेस्टी इन्टरनेशनलले यस्ता स्क्याम केन्द्रहरूमा मानव बेचबिखन, जबरजस्ती श्रम, यातना र स्वतन्त्रताको उल्लङ्घन भइरहेको चेतावनी दिएको छ।

क्याम्बोडियाको साइबर अपराध आयोगका अनुसार, पछिल्लो केही महिनामा २० देशका झन्डै ३,५०० अनलाइन ठगीमा संलग्न विदेशी नागरिक पक्राउ परेका छन् र दुई हजार ८०० भन्दा बढी विदेशीलाई देशनिकाला गरिएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  २ : ०० बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन