मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला « Khabarhub

मिराज ढुंगानाको पत्रकार सम्मेलनमा होहल्ला


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पार्टी घोषणाका लागि पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा मिराज र उनका समूहका केही सदस्यहरुको उपस्थिती रहेको छ ।

उनले आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला मच्चिएको छ ।

पत्रकार सम्मेलनमा एक जना पत्रकारले कडा प्रश्न सोधेपछि एक्कासी होहल्ला मच्चिएको हो । प्रश्नकर्ता पत्रकारले उनलाई ‘पार्टी खोलिसकेपछि जनताको मत दुरुपयोग भए गोली हान्ने’ आशयको प्रश्न सोधेका थिए । त्यसपछि मिराज र उनको समूहले ती पत्रकारको प्रश्न सोध्ने शैलीमा आपत्ति जनाएका थिए ।

त्यस्तै, केही पत्रकारले एभरेस्टजस्तो महङ्गो होटेलमा कार्यक्रम आयोजना गर्ने पैसा कहाँबाट आयो भन्ने प्रश्न गरेपछि पनि केही समय पत्रकार सम्मेलनको वातावरण अशान्त भएको थियो । यसको जवाफमा मिराजले पत्रकार सम्मेलन गर्ने सुविधा सित्तैमा पाएको जवाफ दिएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  २ : ०७ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह