मेक्सिको–युरोपियन सङ्घ व्यापार सम्झौता २०२६ फेब्रुअरीदेखि लागू हुने « Khabarhub

मेक्सिको–युरोपियन सङ्घ व्यापार सम्झौता २०२६ फेब्रुअरीदेखि लागू हुने


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- मेक्सिको र युरोपियन सङ्घबीचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागू हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिएकी छिन् ।

यो सम्झौताले सन् २००० सालमा भएको पुरानो सम्झतालाई प्रतिस्थापन गर्दै मेक्सिकोका कृषिजन्य तथा बनावट वस्तुहरूमा महसुल कटौती गर्नेछ, जसले मेक्सिकोका निर्यातलाई युरोपमा फाइदा पुर्‍याउनेछ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, यसले ८६ प्रतिशत कृषिजन्य वस्तुहरूमा महसुल तत्कालै हटाउनेछ भने बाँकी १० प्रतिशत महसुल सात वर्षभित्र क्रमशः हटाइनेछ ।

युरोपियन सङ्घ र मेक्सिकोबीच २०२४ मा भएको व्यापार करिब ८२ अर्ब यूरो बराबर रहेको छ, जुन लगभग ९५ अर्ब अमेरिकी डलरको हाराहारी हो । युरोपियन सङ्घ मेक्सिकोको तेस्रो ठूलो व्यापारिक साझेदार हो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ३ : ३४ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय