मेक्सिको–युरोपियन सङ्घ व्यापार सम्झौता २०२६ फेब्रुअरीदेखि लागू हुने « Khabarhub

मेक्सिको–युरोपियन सङ्घ व्यापार सम्झौता २०२६ फेब्रुअरीदेखि लागू हुने


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- मेक्सिको र युरोपियन सङ्घबीचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागू हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिएकी छिन् ।

यो सम्झौताले सन् २००० सालमा भएको पुरानो सम्झतालाई प्रतिस्थापन गर्दै मेक्सिकोका कृषिजन्य तथा बनावट वस्तुहरूमा महसुल कटौती गर्नेछ, जसले मेक्सिकोका निर्यातलाई युरोपमा फाइदा पुर्‍याउनेछ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, यसले ८६ प्रतिशत कृषिजन्य वस्तुहरूमा महसुल तत्कालै हटाउनेछ भने बाँकी १० प्रतिशत महसुल सात वर्षभित्र क्रमशः हटाइनेछ ।

युरोपियन सङ्घ र मेक्सिकोबीच २०२४ मा भएको व्यापार करिब ८२ अर्ब यूरो बराबर रहेको छ, जुन लगभग ९५ अर्ब अमेरिकी डलरको हाराहारी हो । युरोपियन सङ्घ मेक्सिकोको तेस्रो ठूलो व्यापारिक साझेदार हो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ३ : ३४ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको