अटोमेटिक गन र एक लाख गोली लुटिएको छ, कैदी फरार छन्; फागुन २१ मा चुनाव हुँदैन : ओली « Khabarhub

अटोमेटिक गन र एक लाख गोली लुटिएको छ, कैदी फरार छन्; फागुन २१ मा चुनाव हुँदैन : ओली


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोलीले फागुन २१ मा चुनाव नहुने दाबी गरेका छन् । शनिबार पार्टीले मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उनले शान्ति सुव्यवस्था कायम नरहेको अवस्थामा फागुन २१ गते चुनाव हुनै नसक्ने दाबी गरेका हुन् ।

ओलीले प्रहरीका १२ सय हतियार, एक लाख गोली लुटिएको पनि उल्लेख गरे । ‘के यो मजाक हो ?’ सरकारलाई प्रश्न गर्दै उनले भने, ‘अटोमेटिक गन लुटिएको छ, साढे पाँच हजार कैदी बाहिरै छन्, उनीहरुलाई कसले भगायो ? कसले लुट्न लगायो ?’

यस्तो अवस्थामा सरकारले चुनाव गराउने नाटक गरिरहेको पनि उनले टिप्पणी गरे । राजनीतिक दलहरुलाई चुनावमा भाग लिन नदिने तयारी चलिरहेको उल्लेख गर्दै ओलीले एक्लै चुनाव लड्न लागिएको हो ?

उनले यो चुनाव नहुने बताउँदै संसद् पुनर्स्थापना हुने दाबी गरे । उनले अपराधी पक्राउ गरी हतियार फिर्ता नभएसम्म चुनाव नहुने बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : १६ बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह