जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी हुन् : वर्षमान | Khabarhub Khabarhub

जेन–जी डिजिटल दुनियाँमा हुर्किएका हाम्रै स्मार्ट छोराछोरी हुन् : वर्षमान


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चलनुपर्ने बताएका छन् । तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वको अवसर पारेर पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा गरेको कार्यक्रममा पुनले जेन–जी आन्दोलनकारीले अघि सारेका सुशासनसहित कयौं एजेण्डा र आफ्नो दलको एजेण्डामा समानता रहेको बताए ।

पुनले जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किंदै गरेका छोराछोरी र नातिनातिना भन्दा फरक रुपमा बुझ्न नहुने भनाइ राखे । ‘कोही भ्रममा पर्नु पर्दैन, जेन–जी डिजिटल प्लार्टफमसँगै भर्चुअल दुनियाँमा हुर्किराखेका १३ देखि २८ वर्ष उमेरको नयाँ पुस्ता हो’, पुनले भने, उनीहरु कोही नभएर हाम्रै छोराछोरी र नातिनातिनाहरु हुन् । उनीहरु स्मार्ट छन् र क्षमतावान छन् । उनीहरुसँगै संसारभरिका सूचना छन् ।’

पुनले सहरी क्षेत्रमा एउटै घरको माथिल्लो र तल्लो तलामा बस्नेहरुबीच चिनाजान नहुने अवस्था भए पछि जेन–जीहरु भर्चुअल माध्यमबाट विश्वभरका मानिससँग सूचना र संवादमा रहेको बताए । ‘जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरिका मानिसहरुसँग गेम खेल्छ, सूचना, ज्ञान र कतिपय सन्दर्भमा नेपालमा बसेर युरोप, अमेरिका, जापान, कोरिया, भारत र चीनमा व्यापार गरिराखेको छ । त्यहाँ उसका सम्बन्धहरु छन् । नेपालमै बसेर बाहिर जागिर गरिराखेको छ ।’

पुनले जेन–जी आन्दोलन मुलुकको वर्तमानको यथार्थता भएकाले उक्त चाहनाको सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने स्पष्ट गरे । पुनले लोकतन्त्रलाई अझै पारदर्शी, प्रभावकारी र परिस्कृत गर्न चाहने जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए । यद्यपि बलिदानबाट प्राप्त संविधान मास्न चाहने प्रवृत्ति सह्य नहुने चेतावनी दिए । उनले विगतमा आफूहरुले क्रान्ति र मुलुक परिवर्तनका लागि जीवन हत्कोलामा राखेर लडेको भन्दै मुलुकलाई पछि फर्काउने कोसिस भए फेरि लड्न तयार रहेको चेतावनी दिए ।

‘नेपाली जनता मात्र होइन, आज विश्वभर जेन–जी आन्दोलनका तरंगहरु छन् । यसलाई क्रान्तिकारीहरुले अझ क्रान्तिकारीहरुले उत्पीडित र शोषितहरुको आकांक्षा र भावनासँग जोडेर लान चाहन्छन् र अर्काथरि मान्छे आजको परिवर्तनलाई पछि उल्टाएर पछि फर्काउन चाहन्छन्’ , पुनले भने । उनले आफू र संयोजक पुष्पकमल दाहाल प्रचण्डे जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको पनि खुलाए ।

२३ भदौको शान्तिपूर्ण जेन–जी प्रदर्शनमा गोली हानेर निहत्था विद्यार्थीको हत्या गर्नेहरुलाई केही नगर्ने तर, आन्दोलनमा नैतिक समर्थन जनाएको आफ्नो दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

‘सरकारलाई फेरि भन्न चाहन्छौं, आजको परिवर्तनलाई आत्मसात गर्ने दल भनेको हामी मात्र हौं । हामी आफ्नो एजेण्डा लिएर निर्वाचनमा होमिन्छौं । जेन–जीका त्याग, बलिदान, समर्पण र एजेण्डा बोकेर आफूलाई रुपान्तरण गर्न जनमतमा जान्छौं भन्ने पार्टीलाई बेलाबेला तसौउने र बेलाबेला लक्षित गर्ने खालको कोसिस भएको छ’, पुनले भने, ‘हाम्रा नेता कार्यकर्तालाई तर्साउने खालको जो कोसिस भएको छ यो कुन प्रकारको प्रवृत्ति हो ? प्रधानमन्त्रीजीसँग कुरा गर्दा त्यसो देखिँदैन । गृहमन्त्रीसँग कुरा गर्दा त्यसो देखिँदैन । तर, कुन चाहिं स्वार्थ समूहले यो गरिरोखको छ ? हामी यही मञ्चबाट पार्टीका तर्फबाट खबरदारी गर्न चाहन्छौं । हामी निर्वाचनमा जान्छौं, एजेण्डासहित जेन–जीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौं । तर, हामीलाई टार्गेट गर्ने काम रोकियोस् ।’

उनले २३ गते दर्जनौंको हत्या गर्ने, सत्तामा बसेर हालीमुहाली गर्ने बिचौलियालाई केही नगर्ने अनि प्रचण्डतिर तेस्र्याउन खोजेको भन्दै आपत्ति जनाए । यस प्रकारका बेठीक प्रवृत्ति स्वीकार नगर्ने उनको चेतावनी छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ३८ बजे

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार