कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।

‘आज बसेको केन्द्रीय समिति बैठकद्वारा पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको छ । कांग्रेस बाराका पूर्वसभापति ८४ वर्षीय गौतमको गत असोज ३१ गते राति ९ः१५ बजे काठमाडौँको पेप्सीकोलास्थित निजी निवासमा भएको निधनप्रति कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गरेको छ’ मुख्यसचिव पौडेलले भने।

स्वर्गीय गौतम विसं २०३६ देखि २०४८ सम्म बारा जिल्लाको सभापति, २०४८ र २०५६ मा बाराको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित र कांग्रेस संसदीय दलको पूर्वसचिव थिए। नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनहरू र सङ्घर्षका क्रममा उहाँले पटकपटक जेलजीवन व्यतीत गरेका थिए। 

स्व गौतमले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको मुख्यसचिव पौडेलले जानकारी गराए। उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको भन्दै कांग्रेसले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । 

स्व गौतमप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले यही कात्तिक १, २ र ३ गते (तीन दिनसम्म)पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, कात्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ५ : ४७ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना