नागरिक समूहको अध्यक्षमा दाहाल « Khabarhub

नागरिक समूहको अध्यक्षमा दाहाल


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि दाहाल सर्वसम्मत चयन एका छन् । समूहको आज यहाँ सम्पन्न साधारणसभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । 

विगत एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने घोषणा गरेको छ ।

नवनिर्वाचित अध्यक्ष दाहालले आफ्नो कार्यकाल मुलुकको आर्थिक रूपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताए। उनले नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन आह्वान गरे । 

सभामा भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । वक्ताहरूले उक्त आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन ल्याएको भन्दै यसको उपलब्धिहरूको रक्षा गर्नु आजको मुख्य आवश्यकता रहेको बताए । 

समूहका प्रतिनिधिहरूले नेपाल अहिले संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै, पछिल्ला आन्दोलनले दिएको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सबै सचेत नागरिकले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्ध र सशक्त बनाउने लक्ष्यका साथ नागरिक समूहले नयाँ अभियान सुरु गरेको जनाएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ६ : ३१ बजे

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,