द क्लिफमा हाइलाइन अभ्यास | Khabarhub Khabarhub

द क्लिफमा हाइलाइन अभ्यास


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ । हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटा हिलेका शङ्कर कोइरालाले हाइलाइन अभ्यास गरेका हुन् । उनी विगत १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन् ।

बञ्जीलगायत एड्भेञ्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइन प्रयास हुनु सुखद् रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

हाइलाइनको क्रु सदस्यहरूमा कोइराला सहित तीन जना नेपाली, एक जना न्यूजील्यान्डका नागरिक र दुई जना जर्मनी नागरिक सहभागी छन् । कोइरालासँगै सुलभ चालिसे, सहन महर्जन, डायलन, कासिया, मटासे र मिथियासलाई नेपाल स्ल्याकलाइन कम्युनिटीले पनि साथ दिएको छ ।

गत असोज २९ देखि सुरु भएको हाइलाइन अभ्यास कात्तिक १ गतेसम्म चल्नेछ । द क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ ।

उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ । हाइलाइनको पहिलो दिनको अभ्यास बेनेट डायलन रेडले गरेका थिए । चार सय आठ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ द क्लिफलाई जोडेको छ ।

यो हाइलाइन परियोजना दक्षिण–पूर्व एसियामा दोस्रो लामो भएको भनिएको छ र नेपालमा अहिलेसम्म सबैभन्दा लामो र अग्लो हाइलाइन मानिएको छ ।

के हो स्ल्याकलाइन र हाइलाइन ?

स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा शरीर हल्का मोडेर, हात फैलाएर सन्तुलन मिलाउँदै हिँड्ने खेल हो ।

यो संसारभर पार्क, समुद्रकिनारा र बगैंचामा अभ्यास गरिन्छ। ध्यान, शरीर नियन्त्रण र लचकता बढाउने लोकप्रिय गतिविधि हो ।

हाइलाइन भने २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो ।

सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ । यो पर्वत, पुल र खोँचमा अभ्यास गरिन्छ र मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेल हो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ६ : ३५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार