इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि « Khabarhub

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

गाजा शहर – इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता गरेको छ । योसँगै सम्झौता अनुसार इजरायलद्वारा फिर्ता गरेका मृतक प्यालेष्टिनीको सङ्ख्या १३५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताअनुसार इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ जना प्यालेस्टिनीको शव बुझाउनु पर्ने थियो ।

शुक्रबार अबेर हमासले अर्का एक बन्धक इजरायली नागरिकको शव फिर्ता गरेको थियो । युद्धविराम सुरु भएयता हमासले नौ जना इजरायली र एक नेपाली विद्यार्थीको शव बुझाइसकेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार फर्केका केही शवमा दुव्र्यवहार, कुटपिट, हथकडी र आँखामा पट्टी बाँधी यातना दिएको सङ्केत देखिएको छ ।

मन्त्रालयले युद्धविराम सम्झौता अन्तर्गत पहिले फिर्ता भएका अन्य मृत शरीरका बारेमा पनि यस्तै दाबी गरेको छ।इजरायली सेनाले यी दाबीहरू ‘हमासको गलत प्रचार’ भएको बताएको छ। “अहिलेसम्म फिर्ता गरिएका सबै शवहरू गाजा क्षेत्रका लडाकुहरूका हुन्,” इजरायली सेनाले शुक्रबार एएफपीलाई बताएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ७ : १३ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको