काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले संगठन र पार्टीलाई सङ्कट पर्दा सबैभन्दा बढी मजदुरलाई सङ्कट पर्ने बताएका छन्।
मजदुर नेता कमल गौतमको स्मृतिमा बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै रिमाले जहाँ पार्टी, संगठन र मजदुरलाई समस्या पर्छ त्यहाँ कमल गौतम पुगी समस्या समाधान गर्ने नेता भएको बताएका हुन् । उनले गौतमलाई आन्दोलनको पर्यायवाचीका नेताका रूपमा स्मरण गरे ।
जीवनभर मजदुर संगठन र पार्टीमा काम गरेका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा नगरेकोमा निकै पछुतो लागेको उनले बताए ।
रिमालले मजदुर संगठनलाई महत्त्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको बताए । रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा गौतमले निक्कै मिहिनेत गरेको र असंगठित मजदुरको क्षेत्रमा बलियो आधार बनाउने काम गरेको रिमालले बताए ।
रिमालले गौतमले स्वदेशमा मात्रै नभई विदेशका कार्यक्रममा जाँदा त्यहाँका राजदुर तथा अन्य सरोकारवालालाई भेला पारेर मजदुरका विषयमा छलफल गराउने, समस्या भएका विषयमा समाधान खोज्ने कामहरू गरेर फर्केको स्मरण गरे ।













प्रतिक्रिया