दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी « Khabarhub

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।

सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट ९४ अर्ब ९५ करोड रुपैयाँ र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट एक खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबर असुली हुन बाँकी देखिएको हो ।

असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख ९३ हजार ६२० करदाताबाट दुई खर्ब १९ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ । 

मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट ४८ अर्ब ७० करोड रुपैयाँ , अन्तः शुल्कतर्फ ३६४ करदाताबाट चार अर्ब नौ करोड रुपैयाँ र अन्यतर्फ एक हजार ७७० करदाताबाट तीन अर्ब १५ करोड रुपैयाँ बराबर कर असुली हुन बाँकी छ ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । 

‘बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ २२ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकामा आठ अर्ब ७१ करोड रुपैयाँ असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ’, वार्षिक प्रतिवेदनमा भनिएको छ । 

त्यसै गरी मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् १० अर्ब ३३ करोड रुपैयाँ असुल भएको जनाइएको छ ।

गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ रु २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ । 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकामा २२ अर्ब २९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ०९ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको