पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी « Khabarhub

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका–१५ स्थित लामापाटनमा कार्यालय स्थापना गरेको हो ।

नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी पशु क्वारेन्टाइन कार्यालय पोखरामा सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गाना तथा पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् ।

यस कार्यालयअन्तर्गत दुई स्थायी चेकपोष्ट निर्धारण गरिएको छ । एउटा चेकपोष्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (अन्तर्राष्ट्रिय चेकपोष्ट) र अर्को चेकपोष्ट मुस्ताङको कोरला (सीमा चेकपोष्ट)मा रहेको पशु क्वारेन्टाइन कार्यालय पोखरामा प्रमुख डा. किरण पाण्डेले बताए ।

उनले कोरलानाकाबाट आयातनिर्यात निरन्तर रूपमा बढिरहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालन हुन गइरहेको परिवेशमा कार्यालय स्थापना गरिएको हो । ‘गण्डकी प्रदेशमा पशुपन्छी, पशुपन्छीजन्य उत्पादन, पशुपन्छी उत्पादन सामग्रीमार्फत रोग भित्रिन नदिन, रोगको सम्भावित सङ्क्रमणलाई कम गर्न तथा रोगको प्रभावकारी नियमन गर्न कार्यालय खुलेको हो’, कार्यालय प्रमुख पाण्डेले भने ।

पशु क्वारेन्टाइन कार्यालयमार्फत पशुपन्छीजन्य उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

कार्यालय शुभारम्भका अवसरमा पशु सेवा विभागका उपमहानिर्देशकद्वय डा. सुलोचना श्रेष्ठ र डा. प्रेरणा सेढाईँ भट्टराई, राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डे, पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा गृष्म न्यौपानेलगायतको सहभागिता थियो । (रासस)

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ११ : ११ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह