ठूला खेलमैदान निर्माणमा ढिलाइ « Khabarhub

ठूला खेलमैदान निर्माणमा ढिलाइ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तम्घास– यहाँका दुई ठूला खेलमैदान निर्माणमा ढिलाइ भएको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन अन्तरराष्ट्रिय फुटबल रङ्गशाला र सदरमुकाम तम्घासमा निर्माणाधीन चिदीचौर खेलमैदान निर्माणमा ढिलाइ भएको हो । 

प्रथम सहिद लखन थापाको नामबाट आर्थिक वर्ष २०७५-७६ देखि अम्मरपुरमा ‘सहिद लखन थापा अन्तर्राष्ट्रिय खेलमैदान’ निर्माण सुरु गरिएको थियो । सुरुमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तीन करोड लागतमा माटो काट्ने, पर्खाल लगाउने, दूबो रोप्नेलगायत काम गरिएको थियो । 

२०७६ सालपछि २५ लाख र ५० लाख गरी कुल ७५ लाखको काम गरिएको इन्जिनियर माधव देवकोटाले बताए । हाल खेलमैदानमा दूबो रोप्ने, पर्खाल लगाउने काम भइरहेको छ । 

इञ्जिनियर देवकोटाका अनुसार हाल बजेट अभावले काम सम्पन्न गर्ने समयबारे कुनै टुङ्गो छैन । राष्ट्रिय खेलकुद परिषद्सँग खेलमैदान गाउँपालिकाको स्वामित्वमा गराउने प्रयास गरेपनि असफल भएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताए। 

‘हाम्रो स्वामित्वमा काम गर्छौँ भनेको राखेपले स्वीकृति दिएन’, उपाध्यक्ष कुँवरले भने, ‘काम हामीले गर्न पनि प्रक्रियागत झन्झटले भएन, राखेपले पनि गरेन ।’ 

उनले एउटा खेलकुद कार्यक्रम आयोजना गर्दापनि निर्माण व्यवसायी र राखेपले बाधा जनाएपछि अलमल भएको बताए। झण्डै एक अर्ब लागत अनुमान गरिएको उक्त खेलमैदान ५०५ मिटर लम्बाई र ६८ मिटर चौडाईसहित कभर्डहल र स्वीमिङ पुलसहित निर्माण गर्ने गरी  विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको थियो । 

त्यसैगरी सदरमुकाम तम्घासको चिदिचौर खेलमैदान निर्माणमा पनि ढिलाइ भएको छ । बहुवर्षीय आयोजनाको रूपमा रहेको खेलमैदान निर्माण व्यवसायीले काम नगर्दा ढिलाइ भएको हो । मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री राख्दा मैदान थप कुरुप बनेको छ । सार्वजनिक खरिद ऐन–२०६३ अनुसार कुनै पनि आयोजना सुरु गर्नु पहिले त्यसबारे सूचना पाटी राख्नुपर्ने व्यवस्था छ । 

करिब एक करोडको बहुवर्षीय आयोजनाको काम गर्दासमेत चिदिचौरमा कुनै सूचना पाटी राखिएको छैन । चिदिचौर खेल मैदानको पुनर्निर्माणका लागि एक करोड लागतमा रामेछाप कन्स्ट्रक्सनले २०८२ वैशाखमा जिम्मा पाएको थियो । काम सक्नुपर्ने म्याद २०८३ असारसम्म छ । 

हालसम्म ५० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले कम गुणस्तरका सामग्री ल्याएपछि नगरपालिकाले त्यसलाई फिर्तासमेत गरेको थियो । अब पनि समयमै काम गरे एक महिनामै सकिन्छ । तर निर्माण कम्पनीले काममा ढिलाइ गर्दै आएको छ । 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ४१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक