पद्मकन्याको क्यान्टिन तथा छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर « Khabarhub

पद्मकन्याको क्यान्टिन तथा छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजको क्यान्टिन तथा छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ । 

काठमाडौं महानगरपालिका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलजिस्ट अनिल बस्नेतले जानकारी दिए । 

अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुली भन्छन्– ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराई अत्यन्त पुरानो रहेको, आगोजन्य जोखिम न्यूनीकरणका उपकरणहरूको व्यवस्था नभएको देखियो । यो चमेना गृहले व्यवसाय दर्ता गरेको पाइएन ।’

अनुगमनका क्रममा चमेना गृहबाट म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन नष्ट गरिएको थियो । कलेजकै आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहमा पनि सरसफाइ कमजोर थियो । 

स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको थियो । भान्सामा रहेको धुवाँ निकास गर्ने पङ्खा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो जमेको फोहर थियो । भान्छामा कीरा नियन्त्रण गर्ने कुनै विधि अपनाइएको देखिएन । यो भोजनगृह पी.के. चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरेको छ ।

कलेजमा राखिएको पानी शुद्धिकरण प्रविधि (वटर ट्रिटमेन्ट प्लान्ट) मा पानी थिएन । प्लान्ट वरिपरि धुलैधुलो र फोहोर थियो । कलेजका छात्राहरूले पिउने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया फ्री (रहित) देखिएको, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिए ।

‘कमजोरी देखियो, यसलाई सुधार गर्छौँ,’ अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले बताइन् । अनुगमन टोलीले कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहलाई कीट नियन्त्रण प्रणाली राख्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्न, खाद्य अनुज्ञा अनुमति प्राप्त वस्तु मात्र बिक्री वितरण गर्न, आगो जोखिम न्यूनीकरणका उपकरण जडान गर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा टोलीले बागबजारमा सञ्चालित विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत अनुगमन गरेको थियो । विमला स्वीट्स एण्ड चार्ट हाउसले मिठाइजन्य खाद्यवस्तु बिक्री वितरणका लागि अनुमति नलिएको फाष्टफुड सञ्चालनको अनुमतिमा नै मिठाइजन्य वस्तु बिक्री वितरण गरेको पाइएकोले मिठाइजन्य वस्तु बिक्री वितरणको व्यवसायिक अनुमति लिन निर्देशन दिइएको छ ।

यी दुवै खाद्य सेवा प्रदायकहरुले, मसीजन्य कागज ब्यागमा प्याकिङ गर्ने गरेको, सरसफाइको अवस्था सामान्य रहेको, आगोजन्य जोखिम न्युनीकरणको उपकरणहरू जडान नगरिएको, फोहोर फाल्ने डष्टबिन नछोपी राखिएको, कीट व्यवस्थापनमा ध्यान नदिएको देखिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ४४ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह