शंकर पोखरेलको तर्क : सरकारलाई नै विश्वास नभएको चुनाव हुँदैन, विघटित संसद्लाई फर्काऊँ « Khabarhub

शंकर पोखरेलको तर्क : सरकारलाई नै विश्वास नभएको चुनाव हुँदैन, विघटित संसद्लाई फर्काऊँ


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभाका नेकपा एमाले संसदीय दलको बैठक मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक घटनाक्रमबारे सम्बोधन गर्दैछन्।

फागुन २१ गते प्रतिनिधिसभा चुनाव तोकिएको अवस्थामा एमालेले विघटित संसदीय दलको बैठक डाकेको हो। ओलीले नहुने चुनावतिर नलाग्ने भनिरहेका बेला दल दर्तासम्बन्धी तयारी निर्वाचन आयोगमा अघि बढाइँदै आएको छ।

बैठकमा महासचिव शंकर पोखरेलले सरकार, शान्ति सुरक्षा र संसद् पुनस्थापनाको सवालमा कडा टिप्पणी गरे।

उनले संसद् पुनर्स्थापनका लागि बल बढाउन यो बैठक आयोजना गरिएको बताएका छन् । उनले सरकारले शान्ति सुरक्षा कामय गर्दा प्रधानमन्त्रीले नै जिम्मा लिनुपर्ने भनाइलाई गलत भनेका छन् ।

पोखरेलले विगतका न्यायिक नजिरहरूले पनि संसद पुनस्थापना आवश्यक देखाउने भएकाले यही बिन्दुबाट राजनीतिक सुधार सुरू हुनुपर्ने बताए ।

उनले सम्बोधनका क्रममा संविधानले नचिनेको प्रधानमन्त्रीले संसद विघटन गरेको हुँदा यो निर्णय पहिलो दृष्टिमै गलत भएको दाबी पनि गरे । यो बैठकमा आगामी राजनीतिक कदम र चुनावी तयारीबारे पनि कुरा हुँदैछ ।

पोखरेलले के भने ?

१. शान्ति सुरक्षा कायम गर्ने क्रममा सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले नै जिम्मा लिनुपर्ने भन्ने धारणा सही होइन।
२. जेन–जीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समाधान गर्न नसक्ने र देशलाई अगाडि होइन पछाडि धकेलिरहेको आरोप।
३. संसद् पुनस्थापनामा बल पुर्‍याउनका लागि संसदीय दलको बैठक आवश्यक भएको उल्लेख।
४. संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेको हुँदा यो निर्णय पहिलो दृष्टिमै गलत भएको दाबी।
५. विगतका न्यायिक नजीरहरूले पनि संसद् पुनस्थापना आवश्यक देखाउने भएकाले यही बिन्दुबाट राजनीतिक सुधार सुरू हुनुपर्ने विचार।
६. चुनावको कुरा गर्ने नै चुनाव हुनेमा विश्वस्त नभएको टिप्पणी गर्दै, एमाले भने नहुने चुनावको पैरवीमा नउत्रिने सन्देश।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : ०० बजे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन