अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने  « Khabarhub

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र प्रशिक्षण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाएको छ। अब पठाओमा राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण  र अनिवार्य परीक्षा पास गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।

पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार, राइडर बन्न ब्लूबुक, सवारी चालक अनुमति पत्र  र तेस्रो पक्ष बीमा अनिवार्य छन्। आवश्यक कागजात पठाओ ड्राइभ एपमार्फत अपलोड गरेपछि कम्पनीले त्यसको प्रमाणीकरण गर्छ, जुन २४ घण्टाभित्र पूरा हुने बताइएको छ।

खाता प्रमाणीकरण भएपछि इच्छुकले एपमै उपलब्ध अनलाइन प्रशिक्षण लिनुपर्नेछ। प्रशिक्षणपछि लिइने अनलाइन परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएमा भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन मिल्नेछ।

परीक्षा सफलतापूर्वक पास गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत सम्झौता पत्र पठाइनेछ र हस्ताक्षर गरेपछि मात्र आधिकारिक रूपमा पठाओ राइडरका रूपमा सेवा सञ्चालन गर्न पाइनेछ। हमालका अनुसार, सुरक्षा र पेशागत सेवाको मानक कायम गर्न यो प्रणाली अपरिहार्य बनेको छ।

कम्पनीको तथ्यांक अनुसार, पहिलो प्रयासमै लगभग ८५ प्रतिशत आवेदक परीक्षा पास गर्छन्। साथै, सक्रिय पठाओ राइडरहरूले मासिक औसत ४०–५० हजार रुपैयाँसम्म आम्दानी गरेको पनि पठाओले जनाएको छ।

यो नयाँ प्रणालीले राइडर छनोट प्रक्रियालाई डिजिटल, पारदर्शी र सुरक्षामुखी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : ५८ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने