कीर्तिमानी खेलमा विराटनगरले पोखरालाई ५३ रनले हरायो « Khabarhub

कीर्तिमानी खेलमा विराटनगरले पोखरालाई ५३ रनले हरायो


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्यो ।

विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा बसिर अहमद र सूर्य तामाङले एक/एक विकेट ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो । यो एनपिएल इतिहासकै उच्च स्कोर थियोे ।

यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । विराटनगरले यसपटक आफ्नै रेकर्डलाई तोड्यो । यसमा लोकेश बम र मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले । गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन हिर्काए। लोकेश ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रनमा आउट भए।

गुप्टिल र लोकेशले दोस्रो विकेटका लागि १३२ रनको साझेदारीसमेत गरे । यस्तै, शुभम रन्जनेले १६ बलमा ३८, बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । बलिङतर्फ पोखराका मार्ट टेलरले २, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ८ : ३२ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक