प्रतिनिधिसभा पुनःस्थापना अहिलेको आवश्यकताः महासचिव पोखरेल « Khabarhub

प्रतिनिधिसभा पुनःस्थापना अहिलेको आवश्यकताः महासचिव पोखरेल


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राखेका छन् ।

एमालेको विघटित संसदीय दलको बैठकलाई आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले विगतमा सर्वोच्च अदालतले गरेका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिएको बताए ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ का ‘जेनजी’ प्रदर्शनका क्रममा षड्यन्त्रपूर्वक भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठनको मागमा अडिग रहेको बताए ।

बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : १० बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको