एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो « Khabarhub

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

केही बेरमा परिणाम सार्वजनिक हुने


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार बिहीबार बिहान पाँच बजेसम्म दुई हजार ९१ मत खसेको छ । अब एक सय ७२ मत खस्न बाँकी रहेको उनको भनाइ छ । एमाले महाधिवेशनमा दुई हजार दुई सय ६३ प्रतिनिधि सहभागी छन् ।

बुधबार बिहान सुरु भएको मतदान प्रक्रिया सुस्त बनेको छ । नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको हो ।

महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् ।

कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई समस्या भएको छ ।

निर्वाचन सम्पन्न भएको तीन घण्टामा परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ५२ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं