एउटै वडाका ५३८ घरमा पानीको घारा « Khabarhub

एउटै वडाका ५३८ घरमा पानीको घारा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् ।

हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् । गण्डकी प्रदेश सरकारको दुई करोड लागतमा १८ वटा मुहानको पानी घरघरमा पु¥याएको हो । वडाध्यक्ष मनबहादुर रोकाले वडाको अब वडा क्षेत्रका २२ घरमा मात्रै पानी पुर्‍याउन बाँकी रहेको बताए ।

‘विकासको पहिलो आधार शुद्ध खानेपानी हो, वडाभर खानेपानी पुर्‍याउने लक्ष्य पूरा हुँदैछ, वडाका ५३८ घरमा निजी धारा जडान गरिएका छन्’, उनले भने, ‘सबै घरमा खानेपानी पुर्‍याउनु हाम्रा लागि सुखद् कुरा हो, गण्डकी प्रदेश सरकारको लगानीमा १८ मुहानलाई एकीकृत प्रणालीबाट एक घर–एक धारा निर्माण गरिएको हो ।’

रोकाका अनुसार वडा नम्बर ५ को करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठूलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका घरमा धारा जडान गरिएका छन् ।

खानेपानीको पहुँच पुगेपछि यहाँका स्थानीयको दैनिकी फेरिएको छ भने समयको बचतसमेत भएको छ । खानेपानीको धारा घरमै आएपछि सरसफाइमा समेत सुधार भइरहेको छ ।

२०७५ सालबाट सुरु भएको एक घर–एक धारा अभियानले सार्थकता पाएकामा स्थानीय खुसी छन् । स्थानीय कुलबहादुर रोकाले घरमै खानेपानीको धारा भएपछि पानीकै लागि टाढा रहेका सामुदायिक धारा, कुँवालगायत स्थानमा जाने बाध्यता अन्त्य भएको बताए । (रासस)

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : १९ बजे

तेस्रो पटक अध्यक्ष निर्वाचित भएपछि भृकुटीमण्डपमा पुगे ओली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकहुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालवाहक सवारी टिपर सञ्चालनमा

गोदरेज अप्लायन्सेसको उपभोक्ता अभियान : टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका

काठमाडौं– गोदरेज अप्लायन्सेसले ‘सोचविचार गरेर छनौट गर्नुहोस्, सबैभन्दा ठूलो आवाज बन्नुहोस्’ नामक

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा. सुवेदी नियुक्त

काठमडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.

केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको परिणामअनुसार उपमहासचिव पदमा पराजित विष्णु