वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध « Khabarhub

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा ३८ लाख ६२ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् ।

सिकार आरक्षले आर्थिक वर्ष (आव)२०७९–८० मा २४ लाख ९२ हजार, २०८०–८१ मा १२ लाख र २०८१–०८२ मा एक लाख ७० हजार किसानलाई राहत उपलब्ध गराएको हो । चालु आवमा भने उपलब्ध नगराएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए ।

‘सिकार आरक्ष क्षेत्र आसपासमा किसानहरुले ठूलो सङ्ख्यामा बस्तुभाउ पाल्दै आउनुभएको छ, हरेक वर्ष वन्यजन्तुले बस्तुभाउलाई आक्रमण गरेर घाइते बनाउने, मार्ने हुँदा किसानले क्षति व्यहोर्नु पर्ने हुँदा सिकार आरक्षले थोरै भए पनि राहत उपलब्ध गराउँदै आएको छ’, रेन्जर सुवेदीले भने ।

आहारको खोजीमा भौतारिने वन्यजन्तुले बर्सेनि पशुचौपायामा क्षति पुर्‍याउने गरेको छ । वन्यजन्तुले बारीमा लगाएको बालीसमेत नष्ट गर्ने गरेको छ । तर सिकार आरक्षले बाली क्षतिको राहत भने किसानलाई दिने गरेको छैन ।

हरेक वर्ष वन्यजन्तुबाट हजारौँको आलु, सिमीलगायतका बाली नष्ट गर्ने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय तमबहादुर सुनारले बताए । बँदेल, बाँदर, चितुवालगायतका वन्यजन्तुले भेडाबाख्रा खाने र बारीमा लगाएको बाली नष्ट गर्ने गरेको उनले बताए ।

निसीखोला गाउँपालिका–५ निसेलढोरका तीर्थबहादुर घर्ती मगरले सिकार आरक्षले बाली क्षतिको पनि राहत उपलब्ध गराउनुपर्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ४० बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा