वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध « Khabarhub

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा ३८ लाख ६२ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् ।

सिकार आरक्षले आर्थिक वर्ष (आव)२०७९–८० मा २४ लाख ९२ हजार, २०८०–८१ मा १२ लाख र २०८१–०८२ मा एक लाख ७० हजार किसानलाई राहत उपलब्ध गराएको हो । चालु आवमा भने उपलब्ध नगराएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए ।

‘सिकार आरक्ष क्षेत्र आसपासमा किसानहरुले ठूलो सङ्ख्यामा बस्तुभाउ पाल्दै आउनुभएको छ, हरेक वर्ष वन्यजन्तुले बस्तुभाउलाई आक्रमण गरेर घाइते बनाउने, मार्ने हुँदा किसानले क्षति व्यहोर्नु पर्ने हुँदा सिकार आरक्षले थोरै भए पनि राहत उपलब्ध गराउँदै आएको छ’, रेन्जर सुवेदीले भने ।

आहारको खोजीमा भौतारिने वन्यजन्तुले बर्सेनि पशुचौपायामा क्षति पुर्‍याउने गरेको छ । वन्यजन्तुले बारीमा लगाएको बालीसमेत नष्ट गर्ने गरेको छ । तर सिकार आरक्षले बाली क्षतिको राहत भने किसानलाई दिने गरेको छैन ।

हरेक वर्ष वन्यजन्तुबाट हजारौँको आलु, सिमीलगायतका बाली नष्ट गर्ने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय तमबहादुर सुनारले बताए । बँदेल, बाँदर, चितुवालगायतका वन्यजन्तुले भेडाबाख्रा खाने र बारीमा लगाएको बाली नष्ट गर्ने गरेको उनले बताए ।

निसीखोला गाउँपालिका–५ निसेलढोरका तीर्थबहादुर घर्ती मगरले सिकार आरक्षले बाली क्षतिको पनि राहत उपलब्ध गराउनुपर्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ७ : ४० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित