काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको मतगणना सुरू भएको छ।
२ सय मत गनिसक्दाको सुरुवाती रूझानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको प्यानल बलियो देखिएको छ। यता उपमहासचिव पदमा ओली प्यानलका लेखराज भट्ट र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराईले लोकप्रिय मत पाएका छन् ।
सुरूवाती रूझानमा भट्टले १४७ मत पाउँदा भट्टराईको पषमा १४० मत परेको छ। यहाँ पोखरेल प्यानलका वैजनाथ चौधरी ५४ र आनन्द पोखरेल ७१ मतसहित अन्तिममा छन् । उता उम्मेदवारी फिर्ता लिएका राजेन्द्रप्रसाद गौतमलाई पनि २६ मत परेको छ।
उपमहासचिव
योगेश भट्टराई १४०
आनन्द पोखरेल ७१
रघुवीर महासेठ १२६
राजेन्द्र प्रसादगौतम २६
लेखराज भट्ट १४७
विष्णु प्रसाद रिमाल १०५
वैजनाथ चौधरी ५४













प्रतिक्रिया