सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या « Khabarhub

सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।

नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० बिरामीमा परीक्षण गर्दा झन्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम खोकी, ३० प्रतिशत र मधुमेहका बिरामी १५ प्रतिशत रहेको मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीले जानकारी दिए । 

त्यस्तै जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा रहेको पाइएको छ । उनका अनुसार १५ वटा विद्यालयका झन्डै दुई हजार पाँच सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २० जनामा मुटुरोगको समस्या रहेको र तीमध्ये चारजनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ । 

शिविरमा बिरामीको इको तथा इसिजी परीक्षण गरिएको थियो, भने लोमस फर्माबाट उपलब्ध गराइएको करिब पाँच लाख मूल्यका औषधि वितरण गरिएको थियो । शिविरमा डा उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्यले परीक्षण गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ११ : ४८ बजे

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०