रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा « Khabarhub

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको मुद्दाको पेसी तोकिएको छ ।

रवि र छविको मुद्दाको सुनुवाइ तुलसीपुर उच्च अदालत, बुटवलका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा तोकिएको छ ।

यसअघि गत मंसिर २५ गतेका लागि तोकिएको पेसी हेर्न नमिल्नेमा परेको थियो । 

लामिछाने र जोशीले बिगो बराबरको रकम बुझाएर थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै गरेको सुनुवाइ हुन लागेको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा सङ्गठित अपराध अभियोगमा रवि र छवि पुर्पक्षका लागि थुनामा रहेका छन् । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : २९ बजे

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित