मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा गोरखापत्र संस्थानको आयोजनामा भएको आर्थिकसम्बन्धी संवाद कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अर्थतन्त्रको विकास नभई देशको विकास हुन नसक्ने भएकाले आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

यादवले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न पनि सरकार र निजी क्षेत्रबीच सहकार्य र आपसी विश्वास आवश्यक रहेको धारणा राखे ।

वर्तमान अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै आर्थिक विकासका कामलाई पनि सँगसँगै अघि बढाउनु चुनौतीको काम रहेको उनले बताए । जलश्रोत, कृषि र पर्यटन लगायतका क्षेत्रमा लगानी बढाएमा आर्थिक विकासले गति लिने उनको भनाइ छ ।  

उनले पारदर्शिता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेन-जी आन्दोलन पनि सवैसँग बहस र छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : ५२ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर