मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा गोरखापत्र संस्थानको आयोजनामा भएको आर्थिकसम्बन्धी संवाद कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अर्थतन्त्रको विकास नभई देशको विकास हुन नसक्ने भएकाले आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

यादवले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न पनि सरकार र निजी क्षेत्रबीच सहकार्य र आपसी विश्वास आवश्यक रहेको धारणा राखे ।

वर्तमान अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुका साथै आर्थिक विकासका कामलाई पनि सँगसँगै अघि बढाउनु चुनौतीको काम रहेको उनले बताए । जलश्रोत, कृषि र पर्यटन लगायतका क्षेत्रमा लगानी बढाएमा आर्थिक विकासले गति लिने उनको भनाइ छ ।  

उनले पारदर्शिता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेन-जी आन्दोलन पनि सवैसँग बहस र छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  १२ : ५२ बजे

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि