अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन् । 

काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रूपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो ।

काठमाडौँं महानगरपालिका–२६ ठमेलबाट खैरो हेरोइन दुई सय ६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एकजना पक्राउ परेका छन् । मोरङ, चितवन र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित व्यक्ति पक्राउ परेका छन् । 

तनहुँबाट ट्रामाडोल ट्याब्लेटसहित, सुनसरीबाट ब्राउनसुगर तथा विभिन्न नियन्त्रित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, पाल्पाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन एम्पुलसहित दुईजना, मकवानपुरबाट करिब ११ किलो गाँजासहित दुई जना तथा रूपन्देही र नवलपरासी पश्चिमबाट ब्राउनसुगर र गाँजासहित अन्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ । 
 

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  २ : ४२ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई