रास्वपाद्वारा समन्वय कार्यदल गठन « Khabarhub

रास्वपाद्वारा समन्वय कार्यदल गठन


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ ।

पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना छन् । प्रवक्ता झाले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिकतर्फ तीन सय २५ आवेदन प्राप्त भएका जानकारी दिए । 

बैठकले आवेदन प्रक्रिया जारी रहँदा अगाडिको प्रक्रिया सुरु गर्ने निर्णय गरेको उनले बताए। सचिवालय  बैठकले पारदर्शी उम्मेदवार छनोटका लागि अडिट समितिको संयोजकको जिम्मेवारी उपेन्द्र पाण्डेलाई दिएको छ । यस्तै, आवेदकलाई सातै प्रदेशमा यही पुस ५ गते छलफलका लागि आमन्त्रण गरिने प्रवक्ता झाले जानकारी दिए । 

छलफल सहजिकरणका लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्रीय समिति सदस्यलाई प्रदेशगत रूपमा जिम्मेवारी तोकिएको छ । 

पार्टीले निर्वाचन लक्षित गतिविधि र साझा बुझाइ तयार गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा शुक्रबार ‘निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ५ : ५२ बजे

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा

प्रतिपक्षीलाई रवि-बालेनको सन्देश : नजिस्क्याऊ, सरकारको गाडी पाँच वर्ष तलमाथि हुँदैन

काठमाडौं – चितवन पुगेका प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मी- गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको