काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र देखाएको छ। अध्यक्ष पदमा भारी मतान्तरसहित विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने अप्रत्याशित रूपमा पराजित भएका छन्।
विधानले अनुमति दिएको व्यवस्था अनुसार ओलीले अध्यक्षसँगै केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका थिए। अध्यक्षमा उनले १ हजार ६ सय ६३ मत ल्याउँदै सहज जित दर्ता गरे। तर खुला केन्द्रीय सदस्यतर्फ भने ९ सय ७९ मतमै सीमित हुँदा उनी २८औँ स्थानमा परेर सूचीबाट बाहिरिएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा यो तथ्य स्पष्ट देखिन्छ।
यता अध्यक्ष पदमा ५ सय ६४ मत पाएर पराजित भएका ईश्वर पोखरेलले भने केन्द्रीय सदस्यमा सफलता हात पारेका छन्। खुला केन्द्रीय सदस्यतर्फ उनी १ हजार ८८ मतसहित ९औँ स्थानमा रहँदै विजयी भएका हुन्।













प्रतिक्रिया