केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले « Khabarhub

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित सदस्यबाटै राजीनामा दिएको घोषणा गरेका छन् । ११औँ महाधिवेशनमा कर्णाली भूगोल खुला केन्द्रीय सदस्यको उमेदवार बनेका विष्टले पराजित भएपछि राजीनामाको घोषणा गरेका हुन् ।

बिहीबार फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै उनले पार्टी नेतृत्व, कार्यशैली र हालको राजनीतिक दिशाप्रति असहमति जनाएका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक परिवेशमा पार्टी नेतृत्व जनउत्तरदायी हुन नसकेको उनको आरोप छ ।

विष्टले उमेदवार छनोटदेखि नै शक्ति तथा साधन–स्रोतको दुरुपयोग गरिएको आरोप लगाएका छन् । योजनाबद्ध रूपमा केही नेता–कार्यकर्ता तथा उमेदवारलाई पराजित गराउने चक्रव्युह रचिएको उनको आरोप छ ।

माओवादी पृष्ठभूमिका नेता विष्टले फेसबुकमा लेखेका छन्, ‘मैले विगतमा प्राप्त गरेका लाभका पदहरू परित्याग गरी निष्ठा र आदर्शका आधारमा यो पार्टी रोजेको हुँ । न त म कुनै भ्रष्टाचार वा चारित्रिक मुद्दाबाट बच्न पार्टी छोड्दै छु, न त राजनीतिक जिम्मेवारीबाट भाग्दै छु ।’

पार्टीको केन्द्रीय समितिमा एक कार्यकाल भूमिका निर्वाह गरिसकेको उल्लेख गर्दै उनले संगठन र नेतृत्वको गलत शैलीको जिम्मेवारी लिन नसक्ने निष्कर्षसहित नेकपा (एमाले) को सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यताबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ९ : ३७ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई