बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै | Khabarhub Khabarhub

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ- पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ। ढाका कपडाको महत्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ। 

१० लाख रुपैयाँकाे लागतमा बडिगाड गाउँपालिकाले पाँच वर्षअघि स्थापना गरेको ढाका उद्योगमा अहिले ६ महिला ढाकाका कपडा उत्पादन गर्न व्यस्त छन्। उनीहरूले उत्पादनअनुसार पारिश्रमिक पाउने गरेको बडिगाड ढाका तथा बुटिक उद्योगका सञ्चालक माया केसीले जानकारी दिइन्। उनले ढाका बुन्न सिकाउन भने निकै समय लाग्ने गरेको बताइन्। पछिल्लो समय ढाकाबाट उत्पादन गरिएको खादा र टोपीको व्यापार फस्टाएको केसीको भनाइ छ।

मेला, महोत्सव तथा औपचारिक समारोहमा ढाकाटोपी र सल मायाको चिनोका रूपमा दिने चलन बढेको छ। ढाकाका कपडा उत्पादन गर्न श्रम र खर्च धेरै लाग्ने भएकाले बजारमा आएका तयारी कपडासँग प्रतिस्पर्धा गर्न मुश्किल भएको छ।

‘मायाको चिनोका रूपमा ढाकाटोपी, सल र खादाका अहिले उच्च माग छ, सारी र ब्यागको माग कम छ, एउटै सारी बनाउन १८ दिन लाग्छ, कटन र रेसमको धागो महङ्गो छ,’ केसीले भनिन्, ‘अहिले उत्पादनको आधा रकममा छ जनाले दैनिक ढाकाको कपडा उत्पादन गर्दै आउनुभएको छ, हातले बुनेको कपडा स्तरीय हुन्छ, कोसेलीका रूपमा विदेश पाठाउने चलन छ, तर निकै कमले मात्र ढाकाको महत्व बुझेका छन्।’

बडिगाड गाउँपालिकाले ढाका उद्योग सञ्चालन रहेको कार्यालयको भाडा छुट गरेको छ भने यहाँ उत्पादन भएका सामग्री बडिगाड, जैमिनी नगरपालिका र उद्योग वाणिज्य सङ्घको कोसेली घरले नियमित खरिद गर्दै आएका छन्। गण्डकी प्रदेश सरकारले दुई लाख अनुदान सहयोग गरेको छ। स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिएमा ढाका उद्योग फस्टाउने महिला उद्यमी निर्मला थापाको भनाइ छ। ढाका उद्योगमा थापासहित यमुना काउचा, बेली थापा, तिर्सना भुजेललगायत ६ जनाले दैनिक ढाकाको कपडाबाट टोपी, सल, साडी, खादा, झोलालगायत सामग्री उत्पादन गर्दै आएका छन्।

एउटा ढाकाको टोपीलाई सात सय, सारीलाई १२ हजार तथा सललाई सात सयसम्म पर्छ। बडिगाड गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन पालिकाले नै ढाकाको कपडा खरिद गर्ने, ढाका उद्योगको भाडा मिनाह गर्नेलगायतका काम गरेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। बागलुङ उद्योग वाणिज्य सङ्घले स्थापना गरेको कोसेली घरमा समेत बडिगाडमा उत्पादन भएका ढाका कपडाका सामग्री बिक्रीका लागि राखिएका बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : १२ बजे

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 

काठमाडौं– नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी