एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो « Khabarhub

एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान विभाजित भएको छ।

उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्यहरू वामदेवबाट छुट्टिएका हुन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान त्यागेको घोषणा गरेका हुन् ।

अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज पनि हुन् । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवसँग छुट्टिँदै नयाँ यात्रा थालेका छन् ।

उनीहरूले एकता र समायोजनका लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन् । त्यसका लागि ४ सदस्यीय वार्ता समिति बनाइएको छ ।

वार्ता समिति संयोजक अर्याललाई तोकिएको छ । टोलीमा काफ्ले, सुब्बा र भट्टराई सदस्य छन् ।

पछिल्लो समय एकीकृत समाजवादीसँग संवाद गरेका वामदेव अहिले नेकपा एमालेतिर नजिकिएका छन् ।

उनले निःशर्त एमालेमा प्रवेश गर्नुपर्छ भनेपछि विभाजनतिर जानुपरेको बाटो नेताहरूले बताएका छन् । उनीहरूको बुझाइमा एमालेभन्दा माओवादीनै अग्रगामी शक्ति हो ।

२०७९ असारमा गठनलगत्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई युवराज सफलले निष्कासित गरेका थिए ।

सफलले वामदेवलाई निकालेपछि एकता अभियानको सचिवालय बनाएका थिए । तर सफल अहिले उक्त अभियानबाट पनि बाहिरिएर बसेका छन् ।

पछिल्लो पटक यही पुस १७ गते वामदेवले नेकपा (एकीकृत समाजवादी) सँग एकताको समझदारी गरेका थिए । गौतम र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एकताका लागि सैद्धान्तिक सहमति भएको बताएका थिए ।

तर, पुस २१-२३ को एमाले केन्द्रीय कमिटी बैठकले पार्टी छाडेर गएकाहरूलाई फर्किनका लागि ढोका खुल्ला गरेसँगै वामदेव समाजवादीबाट टाढिएका छन् ।

एमाले छाडेको बताए पनि उनले संगठित सदस्यता भने श्रीमतीमार्फत् नवीकरण गराइरहेका छन् । पुस १७ मा नेपालसँग भएको आलोकनगर वार्तापछि गौतमले छिट्टै पार्टी एकता हुने बताएका थिए । तर अहिले उनी एमालेतिर जाने गरी संवाद छन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  २ : २३ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको