काठमाडौं– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारकोविरुद्धमा प्रदर्शन गरेको छ ।
आइतबार काठमाडौंमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गरलगायतका नारालगायतका नारासहित शान्तिबाटिकाबाट विरोध र्याली निकालिएको हो ।
एमसीसी सम्झौता, संविधान संशोधनको नाटक लिम्पियाधुराको विषयमा भारत-चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारकोविरुद्ध विरोध र्याली गरेको उनीहरुले बताएका छन् । र्याली शान्तिबाटीका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक पुगेका छन् ।
यो पनि- भारत–चीन सीमा सम्वाद नेपालको हितमा : एमाले
हेर्नुहोस् तस्बिरहरू :
तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया