ओली र महासचिव पोखरेलमाथि खनिँदै रावलले भने- निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो | Khabarhub Khabarhub

ओली र महासचिव पोखरेलमाथि खनिँदै रावलले भने- निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावल यतिबेला गृहजिल्ला अछाम यात्रामा छन् ।

मातृभूमि जागरण अभियान चलाइरहेका रावल पार्टी कारबाहीपछि पहिलो पटक अछाम यात्रामा निस्किएका हुन् ।

अछाममा रावलले देश र जनताको भविष्यका लागि मातृभूमि जागरण अभियान सुरु गरेको दाबी गरे ।

रामारोशन गाउँपालिकाले आयोजना गर्ने कार्यक्रममा भाग लिनेगरी पुगेका रावलले गृहपालिका साँफेबगरमा औपचारिक रुपमा पहिलो सम्बोधन गरेका हुन् ।

रावलले अछामी जनताको भाग्य र भविष्यको जिम्मेवारी बोकेर हिँडेको यात्रा रोक्ने ताकत कसैसँग नभएको जिकिर गर्दै मातृभूमि जागरण अभियान साकार पार्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खरो देखिएका रावलले सत्ता र शक्तिको उन्माद धेरै नटिक्ने बताए ।

‘नेपालमा कुन तानाशाह बच्या छ, र आफू पनि बच्छु भन्ने सपना देख्नु भएको होला ?’, ओलीलाई प्रश्न गरे, ‘सधैँ सत्ता र शक्तिको आडमा बस्नेबारे राति सपना देख्नुहोस्, विपनामा त्यो पूरा हुन दिइने छैन ।’

रावलले एमाले महासचिव शंकर पोखरेल पनि बामाले भइसकेको आरोप लगाए । ‘अहिले निरंकुशता झापा र दाङमा जन्मिएको छ । त्यो धेरै दिन टिक्दैन’, उनले भने, ‘नेपाली जनताले टिक्न पनि दिदैनन् । ढुक्क हुनुस् निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो ।’

मातृभूमि जागरण अभियान कुनै वाद र विचारसँग निहुँ खोज्न र विधि व्यवस्था नमान्न सुरु नगरिएको उनले बताए । ‘गलत रुपमा अघि बढ्ने गरी पाइला चाहिरहेका होइनौँ’, उनले भने, ‘जनताको मुक्ति र भविष्यलाई पानीको फोको जस्तो फुट्न नदिन अघि बढेका हौँ, सबै आ आफ्नो ठाउँबाट तयार हुनुस्, अब उठ्नै पर्छ ।’

प्रवासदेखि नागरिक समाज, प्रभुत्व वर्ग समुदाय र संघ संगठनसँग छलफल र परामर्श जारी रहेको उनले बताए । अभियान सफल पार्ने गरी टिम नै तयार भइसकेको बताउँदै रावलले अब बामाले कुन ठाउँको भोटले जित्ने रैछ, त्यो हेर्ने दाबी गरे।

५१ वर्ष अछामकै डाँडाकाँडा उकाली ओरालीमा हिँड्दै मार्क्सवाद र लेलिनवादको झण्डा बोकेको स्मरण गरेका रावलले एकाएक झण्डा त्याग्नु पर्दा खुसी नलागेको बताए ।

‘मार्क्सवाद र लेलिनवादको झण्डा लिएर हिँडे, त्यो त्याग्नु पर्ने भो’, रावलले भने, ‘हामी एक्लै छैनौँ, धेरै संगठनसँग वार्ता र छलफल हुँदैछ । नागरिक समाज र सुरक्षाकर्मी सबैलाई अभियानमा जोडिन हतार छ, ढुक्क भएर लाग्नु होस् ।’

साँफेबगरमा कोणसभा गर्दै रावलले सशक्त मूलधारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओलीले कसैले आवाज उठाए पार्टीबाट हटाइदिन्छु भन्ने गरेको बताउँदै रावलले सत्ताको उन्मादमा उनमा चढेको निरंकुशता, स्वेच्छाचारिता र तानाशाही प्रवृति अन्त्य गरेरै छोड्ने दाबी गरे । पार्टी सदस्यता लिएको ४९ वर्षपछि रावल पार्टीको निष्कासनमा परेका हुन् ।

रावलको अछाम आगमनलाई एमालेले पनि सुक्ष्म रुपमा हेरिरहेको छ । अछाममा रावलसँग जोडिने नेता र कार्यकर्ताको निगरानी एमालेले गरिरहेको छ । साँफेबगरको कोणसभाले एमालेलाई ठूलो क्षति हुन सक्ने संकेत गरेको छ । रावलको जुलुस र सभामा केही एमाले र समाजवादीका नेता कार्यकर्ता सहभागी थिए ।

कैलालीक धनगढी विमानस्थलबाट सोझै अछाम लागेका रावलले त्यहीँबाटै अभियानको घोषणा गर्ने तयारी गरेका छन् ।

पार्टीलाई भविष्य ठानेर लागेका नेताहरू अभियानमा सहभागी हुने अवस्था नरहेको संकेत साँफेबगरको स्वागत तथा कोण सभाले गरेको छ । रावल केही दिन अछाममै रहेनछन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ३ : ५५ बजे

रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ

काठमाडौं- यही सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा

पाथीभरा क्षेत्र विकास समिति सम्मानित

ताप्लेजुङ– धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह

अर्थमन्त्रीले भने- पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित

आईपीएलमा आतंकबादको विरोध : खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने

काठमाडौं– आज हुने सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच हुने आईपीएल

वीर अस्पतालमा थपियो ९ वटा बेडको सर्जिकल आईसीयू 

काठमाडौं– वीर अस्पतालमा ९ वटा सर्जिकल आईसीयू बेड थपिएको छ