अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल « Khabarhub

अपेक्षित वैदेशिक सहायता प्राप्तिमा सरकार विफल


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने भएको छ ।

चालु आर्थिक वर्षको ६ महिना समय बित्दा वार्षिक लक्ष्यको १४.८ प्रतिशत मात्रै वैदेशिक सहायता प्राप्त गर्न सफल भएकाले सरकारले लक्ष्य अनुसारको वैदेशिक सहायता प्राप्त गर्न नसक्ने देखिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आइतबार अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ७२ करोड रूपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । जब कि सरकारले चालु आर्थिक वर्षमा ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिमा सरकारले रकमको आधारमा ४.८ प्रतिशत बढी र लक्ष्यको आधारमा समान वैदेशिक अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण पनि लक्ष्य अनुसारको प्राप्त गर्न नसक्ने देखिएको छ । समीक्षा अवधिमा सरकारले ४१ अर्ब ३७ करोड वैदेशिक ऋण प्राप्त गरेको छ । जुन लक्ष्यको १९ प्रतिशत मात्रै हो ।

समीक्षा अवधिमा गत आवको सोही अवधिको तुलनामा भने सरकारले रकमको आधारमा १० प्रतिशत बढी वैदेशिक ऋण लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : ५७ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको