माओवादी लक्षित एमाले महासचिवको कटाक्ष : ३२ सिटेले दम्भ देखाएपछि वर्तमान गठबन्धन बन्यो « Khabarhub

माओवादी लक्षित एमाले महासचिवको कटाक्ष : ३२ सिटेले दम्भ देखाएपछि वर्तमान गठबन्धन बन्यो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

धनकुटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । 

पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’ को आज उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए  । 

महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे ।   

नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रसङ्ग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे । 

संसद्मा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ  अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो । 

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, पूर्व खानेपानीमन्त्री राजेन्द्रकुमार राई, प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका थिए । 

आजबाट सुरु भएको ‘तीन महिने जरा अभियान’ पार्टी कमिटीको तल्लो तह र कार्यकर्ताहरूको समस्या समाधानमा केन्द्रित रहने एमाले जिल्ला कमिटी अध्यक्ष शिवआङ्ला लिम्बूले जानकारी दिए । 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ३६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था