रुस-युक्रेन युद्ध : सीमामा नेटो सेना पठाउने विषयमा रुसको असहमति « Khabarhub

रुस-युक्रेन युद्ध : सीमामा नेटो सेना पठाउने विषयमा रुसको असहमति


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

साउदी अरब – रुसका विदेश मन्त्रीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सेना पठाउने कुरालाई अस्वीकार गर्ने बताएका छन्। साउदी अरेबियामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटको क्रममा विदेश मन्त्री सर्जी लेबरेभले सो कुरा बताएका हुन्।

रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ताका आधार तयार गर्ने सहमति भएको छ। सोही क्रममा लेबरेभले कुनै पनि किसिमको र कुनै पनि झन्डा मुनिका सेनालाई शान्तिको स्थापनाको नाममा स्वीकार गर्न नसकिने बताएका छन।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलन्सकीले आफ्नो अनुपस्थितिमा यो वार्ता हुनुलाई आश्चर्य रुपा हेरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जेलेन्सकीको प्रतिक्रियाले आफूलाई आश्चर्य लागेको बताएका छन्।

ट्रम्पले शान्ति स्थापनाका लागि नेटोले सेना पठाउने कुरालाई भने सकारात्मक रूपमा लिएका छन्। यो वार्तापछि दुवै देशले सकेसम्म एक अर्को देशमा चाँडो राजदूत पठाउने लेबरेभले बताएका छन्।

पेरिसमा भएको युरोपेली सम्मेलनमा भने नेटो सेना पठाउने कुरामा विमति भएको थियो। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको सुरक्षाका लागि नेटोले सेना पठाउने कुरा व्यवहारिक भएको बताएका थिए।

यसैगरी जर्मन चान्सलर ओज् साल्जले भने नेटोको सेना पठाउने कुरा अव्यवहारिक भएको बताए। पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि सेना पठाउने आफ्नो इच्छा नरहेको बताएका थिए। इटालीले पनि यस विषयमा शङ्का व्यक्त गरेको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : १४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट