नेपाललाई संघीयताका नाममा दिइएको अनुदान सार्वजनिक गर्दै ट्रम्पले भने- यो त ठगी हो | Khabarhub Khabarhub

नेपाललाई संघीयताका नाममा दिइएको अनुदान सार्वजनिक गर्दै ट्रम्पले भने- यो त ठगी हो


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले नेपाललाई दिइरहेको अनुदान रकम एकपछि अर्को गर्दै रोकिन थालेको छ।

सुरुमा नेपालभित्र २ खर्ब ६५ अर्बका परियोजना चलाइरहेको युएसएडका सबै कार्यक्रम रोकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना पनि रोकिदिएका छन् ।

ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै संसारभर दिइएको अनुदानमा अंकुश मात्रै नभएर दिन बन्द गर्ने घोषणा गरेका छन् ।

अमेरिकी सहायता परियोजना युएसएड र एमसीसी रोकिएकै बेला राष्ट्रपति ट्रम्पले नेपाललाई गरिएका दुईवटा सहयोगका विवरण नै सार्वजनिक गरेका छन् ।

उनले नेपाल र भारतलाई दिइएका सहयोगका विवरण सार्वजनिक गर्दै किन यसरी लगानी गरिएको होला भनेर प्रश्न पनि गरेका छन् ।

ट्रम्पले बुधबार एक दस्तावेज सार्वजनिक गर्ने क्रममा नेपालमा वित्तीय संघीयता कार्यान्वनका लागि अमेरिकाले दिएको २ करोड अमेरिकी डलरको विवरण सार्वजनिक गरिदिएका छन् । उनले नेपाललाई वित्तीय संघीयताका लागि दिइएको उक्त रकमको नम्बर सुनाउँदै ठगीको संज्ञा दिएका छ्न ।

‘नेपालको वित्तीय संघीयताका २० मिलियन डलर पठाएका रहेछौँ’, उनले दस्तावेज पढ्दै भने, ‘यी नम्बरहरू सुन्नुस् त, यी सबै ठगी हुन् ।’

उनले नेपालको जैविक विविधता संरक्षणका लागि एक करोड ९० लाख डलर पठाएको भन्दै त्यसलाई पनि अनावश्यक भनेका छन् ।

ट्रम्पका निकट सहयोगी इलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) ले तयार पारेको दस्तावेजमा नेपाललाई दिइएका दुई सहयोगसम्बन्धी विवरण उल्लेख छ ।

ट्रम्पले सार्वजनिक गरेको दस्तावेजमा नेपाल र भारतसहित विभिन्न देशलाई अमेरिकाले विगतमा विभिन्न शीर्षकमा गरेका सहयोगको लामो सूची छ । यस्तोमा ट्रम्पले यसअघि डेमोक्रेट सरकारले नेपाललाई दुई शीर्षकमा दिएको सहयोगलाई ठगी भनेका हुन् ।

उनले अमेरिकाबाट भारतका मतदातालाई पनि २ करोड १० लाख डलर पठाएको विवरण सार्वजनिक गरेका छन् । ‘हामीले भारतीय मतदाताका नाममा किन यो सहयोग दिइरहेका छौँ ? मतदान प्रतिशत बढाउने नाममा त्यहाँ उनीहरूले धेरै पैसा पाए । तर धेरै कर लगाउने देशहरूमध्ये भारत पनि हो । भारतप्रति सम्मान छ । भारतीय प्रधानमन्त्रीप्रति सम्मान छ । तर यो सहयोग अनावश्यक हो ।’

ट्रंपले भारतमा मतदान प्रतिशत बढाउन दिइरहेको आर्थिक सहयोग रोक्ने निर्णयबारे पनि बोलेका छन् । ‘हामी भारतलाई २१ मिलियन डलर (२.१ करोड अमेरिकी डलर) किन दिइरहेका छौँ ? उनीहरूसँगै धेरै पैसा छ। भारत विश्वमा सबैभन्दा कर लगाउने देशमा एक हो । हामी मुश्किलले उनीहरू नजिक पुग्न सक्छौँ । किनकी उनीहरूको करको दर धेरै उच्च छ ।’

ट्रम्पले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति धेरै सम्मान रहेको बताए । मोदी दुई दिनअघि मात्रै अमेरिबाट बताउँदै मतदान संख्या बढाउन किन २१ मिलियन डलर दिने भनेर प्रश्न गरे ।

हालै मात्र अमेरिकाको नयाँ सरकारी विभागका रुपमा स्थापित खर्बपति इलोन मस्कको नेतृत्व रहेको डिपार्टमेन्ट गभर्नमेन्ट एफिशिएन्सी (डीओजीई) ले विभिन्न देशलाई जाने अमेरिकी सहयोग रोक्ने घोषणा गरेको थियो । यसमा नेपालको संघीयता बलियो बनाउन र छिमेकी भारतमा मतदान बढाउन अमेरिकाले अनुदान दिइरहेको थियो । अब यी दुवै देशका अनुदान कटौतीमा परेका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  २ : १३ बजे

अवैध कारोबारमा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट अवैध

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतबाट भेटवार्ता

ललितपुर– ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता

अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट

ओटावा – क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका

जनकपुरमा जानकी जन्मोत्सव सुरु

धनुषा– पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक