‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’  « Khabarhub

‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’ 


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका पूर्वमुख्यमन्त्रीद्धय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन् । 

वीरेन्द्रनगरमा बुधबार कर्णाली उत्सवः कुडा कर्णालीका छैटौँ संस्करणमा खलंगाः शक्तिको सदरमुकाम सत्रमा बोल्दै पूर्वमुख्यमन्त्रीद्धयले यही तरिकाले संघीयताको अभ्यास गरिए प्रदेशको औचित्य समाप्त भई अन्ततः संघीयता धरापमा पर्ने खतरा पर्ने बताए । 

संघीयता बाध्यताले स्वीकारे जस्तो देखिन्छ, प्रदेशका कार्यकारी प्रमुखले संघको आदेश मानेर बस्नुपर्ने अवस्था आएको पूर्वमुख्यमन्त्री शाहीले बताए ।

 ‘मुख्यमन्त्रीको भ्यालु छैन, केन्द्रबाट हलियाजस्तो व्यवहार केन्द्रबाट भएको छ’, उनले भने,‘मुख्यमन्त्री भन्दा वडाध्यक्ष बलियो छ ।’

यही तरिकाले संघीयताको अभ्यास गर्ने हो भने प्रदेश संरचनालाई खारेज गर्न नेताहरूसमक्ष प्रस्ताव गर्दै आएको पूर्वमुख्यमन्त्री शाहीले बताए । उनले प्रहरी प्रदेशलाई नदिने, कर्मचारी पनि संघले पठाइदिने हो भने हाम्रो संघीयताको काम नहुने बताए । 

माओवादी केन्द्रका कर्णाली प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शर्माले आफूले १४ महिना प्रदेशको नेतृत्व गर्दा तीनपटक विश्वासको मत लिनुपरेको सन्दर्भ उल्लेख गर्दै कर्णालीलाई योजनाबद्ध पछाडि पारिएको दाबी गरे ।

 ‘प्रदेशको एकल अधिकार सूचीमा भएका अधिकार पनि नदिनु भनेको संघीयताविरोधी, सामन्तवादी चिन्तन हो, संविधानले समन्वय, सहअस्तित्व र सहकार्यलाई जोड दिएको छ’ उनले भने, ‘कसैले कसैसँग माग्ने होइन, अधिकार हस्तान्तरण गर्ने हो, केन्द्र सरकारको रवैयाका कारण जनतामा संघीयताप्रति निराशा पैदा गराएको छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  २ : २० बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै