बल्खु तरकारी बजारनजिकै मजदुरको शव, हत्या आशंकामा अनुसन्धान हुँदै « Khabarhub

बल्खु तरकारी बजारनजिकै मजदुरको शव, हत्या आशंकामा अनुसन्धान हुँदै


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारभित्र भरियाको काम गर्ने एक व्यक्तिको हत्या भएको छ।

मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको शव हत्या गरिएको अवस्थामा फेला परेको हो।

टहराभित्र बुधबार बिहान साढे १० बजे दाहालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

‘खबर पाएपछि प्रहरी टोली खटिएर लाश जाँच मुचुल्का कार्य भइरहेको छ,’ बोहराले भने।

दाहालको शरीरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको बोहराले बताए।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ३ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै