हाँडीगाउँमा पनि अबदेखि एकतर्फी सवारी (तस्बिरहरू) « Khabarhub

हाँडीगाउँमा पनि अबदेखि एकतर्फी सवारी (तस्बिरहरू)


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाँडीगाउँका विभिन्न रुटमा काठमाडौं महानगरपालिकाले बुधबारदेखि एकतर्फी सवारीसाधन प्रणाली लागु गरेको छ । महानगरको बैठकले यसअघि नै बुधबारदेखि हाँडीगाउँमा एकतर्फी नियम लगाउने निर्णय गरेको थियो ।

सुरूका दिनमा चालकहरू रूटबारे अलमलिने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्टको काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिका-५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने छ ।

विशालनगरतर्फबाट आउने सवारी साधनलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्रै प्रवेश गर्न दिइने छ ।

हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्गतर्फबाट जान मिल्ने बनाइएको छ ।

नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधन वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्रै जान पाउने गरी ठाउँ-ठाउँमा ‘वान वे’को बोर्ड राखिएको छ ।

ढुंगेधाराबाट हात्ती महांकालतर्फ पनि प्रवेश निषेध गरिएको छ । वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध बनाइएको छ ।

बालमन्दिरतर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्रै प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : १० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ