अर्थसंक्षेप : सधैँलाई रोकिएको हो १०३ अर्बको अमेरिकी एमसीसी ?, पूर्वाधार क्षेत्रका काममा राज्यको कछुवा गति | Khabarhub Khabarhub

अर्थसंक्षेप : सधैँलाई रोकिएको हो १०३ अर्बको अमेरिकी एमसीसी ?, पूर्वाधार क्षेत्रका काममा राज्यको कछुवा गति


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी अनुदान सहायता र नेपाल सरकारको बजेटसमेत गरी झण्डै एक खर्ब रुपैयाँ बराबरको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट सम्झौता कार्यान्वयन तत्कालका लागि रोकिएको छ ।

मन्त्रालयहरूले आफैँले तय गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको माइलस्टोनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पूर्णतः असफल भएका छन् ।

आजका आर्थिक समाचार

सधैँलाई रोकिएको हो १०३ अर्बको अमेरिकी एमसीसी ?

अमेरिकी अनुदान सहायता र नेपाल सरकारको बजेटसमेत गरी झण्डै एक खर्ब रुपैयाँ बराबरको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट सम्झौता कार्यान्वयन तत्कालका लागि रोकिएको छ ।

अमेरिकाको वासिङ्गटनस्थित एमसीसी मुख्यालयले पठाएको पत्रअनुसार नेपालको अर्थ मन्त्रालयले एमसीसी फण्डबाट हुने भुक्तानी रोकिएको जानकारी गराइसकेको छ । थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको १० वर्षसम्म चर्को विवाद झेल्दै नेपालले २०७८ फागुन १५ गते संसद्बाट एमसीसी कम्याक्ट सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गराएको थियो ।

पूर्वाधार क्षेत्रका कार्यक्रममा राज्यको कछुवा गति

पुँजीगत बजेट खर्चमा सधैँ कमजोर रहँदै आएको सरकार चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधारको क्षेत्रको काममा अत्यन्तै कमजोर देखिएको छ । तथ्यांकअनुसार पूर्वाधार क्षेत्रसँग सम्बन्धित क्रियाकलापमा ६ महिनाको अवधिमा तीनवटा मन्त्रालयको प्रगति शून्य नै बनेको छ भने सो क्षेत्रमा काम गर्ने ५ वटा मन्त्रालयले १३.२ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइले १०५, सहरी विकासले ११६ वटा, सञ्चार तथा सूचना प्रविधिले ४३ वटा, खानेपानीले ३२ वटा र भौतिक पूर्वाधार तथा यातायातले ५१ वटा गरी जम्मा ३४७ वटा पूर्वाधार क्षेत्रका कार्यक्रम अगाडि सारेका थिए ।

काम गर्न नसकेको सरकारले देखायो ११ बहाना

आफैँले तोकेको लक्ष्यअनुसार कार्यप्रगति हासिल गर्न नसकेको सरकारले विभिन्न ११ बहाना देखाएको छ । आर्थिक वर्षको पहिलो दिनदेखि नै देश हाँकिरहेको, तर आफैँले तयार गरेको कार्ययोजना कार्यान्वयनमा असफल भएको सरकारले माइलस्टोनमा तोकेअनुसार कार्यप्रगति गर्न नसक्नुमा ११ कारण रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना कार्यान्वयनको पुस महिनाको प्रगति सार्वजनिक गर्दै सरकारले तय गरिएको माइलस्टोनमा दर्जनौं कारणले गर्दा भनेअनुसार प्रगति गर्न नसकिको उल्लेख गरेको हो ।

माइलस्टोनको कार्यान्वयनमा मन्त्री दाहाल पूर्ण अयोग्य

मन्त्रालयहरूले आफैँले तय गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको माइलस्टोनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पूर्णतः असफल भएका छन् । त्यस्तै, स्वयं मन्त्रालयहरूले नै तय गरेको माइलस्टोनमा पुस महिनासम्मको प्रगतिमा प्रधानमन्त्री ओली सहित १२ वटा मन्त्रालयले ५० प्रतिशत अंक कटाउन सकेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रगति विवरणमध्ये माइलस्टोनको अर्धवार्षिक प्रगतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५.८ प्रतिशत मात्रै प्रगति गरेको देखाइएको छ । सो मन्त्रालयले पुस महिनासम्म सम्पन्न गर्नैपर्ने भनेर १९ वटा कार्यक्रम तय गरिएकोमा सो अवधिसम्म जम्मा ३ वटा मात्र काम सम्पन्न गरेको छ ।

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन १ हजार १०० रुपैयाँले बढेको हो ।

मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो ।

विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ५९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबारको

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने प्रचण्डको प्रतिबद्धता

तनहुँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

सशस्त्रका तीन जना एसएसपी डीआईजीमा बढुवा

काठमाडौं– सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी

भद्रपुर झापा गोल्डकप : पहिलो क्वाटरफाइनल आज

भद्रपुर– दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर

सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ

 म्याग्दी- बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९