ट्रम्पको युद्ध विराम प्रस्तावमा पुटिनका शर्त : विदेशी सहयोग रहेसम्म युक्रेन युद्ध नरोक्ने « Khabarhub

ट्रम्पको युद्ध विराम प्रस्तावमा पुटिनका शर्त : विदेशी सहयोग रहेसम्म युक्रेन युद्ध नरोक्ने

सैन्य र गुप्तचर सहयोग रोक्न माग, ऊर्जा केन्द्रमा आक्रमण रोक्न सहमत


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन शर्तसहित सहमत भएका छन्। साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्ध विरामको प्रस्तावलाई रुसले विभिन्न शर्तसहित अस्वीकार गरेको हो।

पुटिनले युक्रेनलाई गरिएको बाह्य सैन्य सहयोग रोकेर गुप्तचर सहकार्य नरोकिएसम्म युद्ध विरामको विषय अघि नबढ्ने बताएका हुन्।

युक्रेनका युरोपेली सहयात्रीले यसअघि नै यो प्रस्तावलाई अस्वीकार गरिसकेका छन्। यी दुवै नेता फेरि मध्यपूर्वमा वार्ता गर्न भने सहमत भएका छन्।

गत साता जेद्याहमा अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटमा अमेरिकी प्रतिनिधि मण्डलले युक्रेनलाई राखेको ३० दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरेपछि रुससँग ट्रम्पले वार्ता अघि बढाएका हुन्।


युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले ऊर्जा केन्द्रमा जोगाउने विषयमा सकारात्मक भए पनि पुरै विवरण नआएसम्म थप प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।

उनले अमेरिकासँग सम्पर्क गरेर रुसले अमेरिकासँग तथा अमेरिकाले रुससँग राखेको विषयको पूर्ण जानकारी लिनु उपयुक्त हुने समेत बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा वार्ता सकारात्मक र उत्पादक भएको उल्लेख गरेका छन्।

‘हामी ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्ध विराम गर्दै थप युद्ध विरामको विषयमा अघि बढेका छौँ,’ ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले धेरै विषयमा छलफल भएको तथा दैनिक हजारौँ सेना मारिने क्रम रहेको विषयमा पुटिन र जेलेन्स्कीकी दुवै सहमत रहेको विषय समेत उल्लेख गरेका छन्।

क्रेमलिनले यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको बताउँदै मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक भएको जनाएको छ।

ट्रम्पले राखेको लामो समयको युद्ध विरामका लागि अर्को चरणको वार्ता जटिल तर टिकाउ पूर्ण र लामो समय चल्ने प्रकृतिको हुनुपर्ने रुसले बताएको छ। रुस र अमेरिका बीचको अर्को द्विपक्षीय वार्ताको बारे सबै प्रस्ट भने भएको छैन।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ०८ बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले