कप्तान श्रेयसले पन्जाबको तेस्रो क्रममा ब्याटिङ गर्ने « Khabarhub

कप्तान श्रेयसले पन्जाबको तेस्रो क्रममा ब्याटिङ गर्ने


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पन्जाब किङ्सका नयाँ कप्तान श्रेयस अय्यरले आफू तेस्रो क्रममा ब्याटिङ गर्न चाहेको कुरा बताएका छन्। भारतलाई भर्खरै च्याम्पियन्स ट्रफी जिताउने सवालमा उनले चौथो क्रममा ब्याटिङ गदै शानदार प्रदर्शन गरेका थिए।

कप्तानको रूपमा कलकत्ता नाइट राइडर्सलाई उपाधि जिताउने सवालमा उनले त्यसै पोजिसनमा ब्याटिङ गरेका थिए। यदाकदा उनी पाँचौँ या छैटौँ क्रममा ब्याटिङ गर्न पनि पुगेका थिए। उनले पत्रकार सम्मेलनमा बोल्दै आफू यसका लागि तयार भएको बताए।

उनले आफू त्यसै क्रममा ब्याटिङ गर्न तयार भएकाले प्रशिक्षकको सिग्नल कुरिरहेको बताए। सन् २०१९ देखि २०२१ सम्म दिल्लीलाई प्ले अफमा प्रवेश गराएका अय्यरकै नेतृत्वमा सन् २०२० मा भने फाइनलमा प्रवेश गरेको थियो।

उनी यस सिजनमा २६ दशमलव ७५ करोड भारतीय रुपियाँमा पन्जाबमा आबद्ध भएका हुन्।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ४५ बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले