म्याग्दी क्याम्पस सभापतिमा नेविसंघ, सचिव र कोषाध्यक्षमा अनेरास्ववियु विजयी « Khabarhub

म्याग्दी क्याम्पस सभापतिमा नेविसंघ, सचिव र कोषाध्यक्षमा अनेरास्ववियु विजयी


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा मिश्रित परिणाम आएको छ। सभापति नेविसंघले जित्दा सचिव र कोषाध्यक्षमा अनेरास्ववियुले बाजी मारेको छ।

स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी भएका हुन्। उनले २८८ मत पाएका छन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश खत्रीले १९२ मत ल्याउँदा अखिल (क्रान्तिकारी) का सन्दीप खत्रीले १७७ मत पाए।

सचिवमा अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री २८३ मतसहित विजयी भएका छन्। सचिवमा नेविसंघका प्रतिभा बानियाँले २२७ र अखिल (क्रान्तिकारी) कृष्ण सापकोटाले १४४ मत पाएका छन्।

कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारीे २५२ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी नेविसंघकी यशु खत्रीले २३५ मत पाउँदा क्रान्तिकारीकी सुप्रेना किसानले १६२ मत पाइन्।

सदस्यमा नेविसंघका विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ गरेर चार जना विजयी हुँदा अनेरास्ववियुका तर्फबाट अविजित शाही विजयी भए। ८२४ मतदाता रहेको उक्त क्याम्पसमा ६८६ मत खसेको थियो।

म्याग्दी क्याम्पस स्ववियु सभापति निर्वाचित संगम चोखाल क्षेत्री।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : २६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा