आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघको प्यानल नै विजयी « Khabarhub

आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघको प्यानल नै विजयी


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आयुर्वेद क्याम्पस कीर्तिपुरको को अध्यक्षमा नेविसंघका निशान अर्याल निर्वाचित भएका छन् ।

क्याम्पसमा हिजो सम्पन्न स्ववियु निर्वाचनको अन्तिम परिणामअनुसार अध्यक्षमा अर्यालसहित नेविसंघको प्यानल नै विजयी भएको हो ।

निर्वाचनमा तीन दलीय गठबन्धनका विद्यार्थी सङ्गठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा भएको थियो ।

कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत पाएका छन् । १ मत बदर भएको थियो ।

नेविसंघको तर्फबाट सचिवमा सागर पङ्गेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन् ।

समानुपातिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदा लगभग तीन सिट सुरक्षित गरेको छ।

यो जितसँगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार चारवटा स्ववियु निर्वाचनमा प्यानल नै जितेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : १६ बजे

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा