संसद्‍मा उठ्यो प्रश्न- २५ करोड रूपैयाँको असली मालिक को हो ? « Khabarhub

संसद्‍मा उठ्यो प्रश्न- २५ करोड रूपैयाँको असली मालिक को हो ?


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले काठमाडौंको झोरस्थित एउटा ट्रकबाट सोमबार मध्यराति बरामद भएको २५ करोड बराबरको अवैध विदेशी मुद्राबारे छानबिन हुनु पर्ने बताएका छन् ।

यस्ता घटनामा ड्राइभर, भरिया जस्ता साना मान्छे पक्रिने तर मालिकसम्म पुगेर अनुसन्धान नहुने प्रवृत्ति देखिएको भन्दै उनले उचित छानबिन हुनुपर्ने माग सरकारसँग गरेका हुन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले छानबिन हुँदैन भन्ने गलत भाष्य चिर्न पनि २५ करोड बरामदमा मुख्य नाइके पत्ता लगाउने गरी छानबिन हुनु पर्ने माग राखेका हुन ।

‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका ड्राइभर कुसान लामाले हाकेको एउटा ट्रकबाट युरो र डलरसहित २५ करोड नेपाली समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरिया मात्रै समात्ने । जो धनी खास छन् उनीहरू कहाँ नपुग्ने प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गदर्छु ।’

खतिवडाले अहिलेसम्म भरिया मात्रै समातेर मालिककहाँ नपुग्ने समस्यालाई चिर्नुपर्नेमा जोड दिएका छन् ।

‘कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा भरिया र ड्राइभरलाई पक्रिने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो’, उनले भने, ‘अब सरकारले गहिरो अनुसन्धान गरेर मुख्य व्यक्तिलाई समात्नु पर्छ, नत्र यो अनुसन्धान आँखामा छारो हालेजस्तो देखिन पुग्छ ।’

२५ करोड १९ लाख बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको विषयले संसद्‍मा पनि स्थान पाएको हो । यसअघि नेकपा माओवादी केन्द्र सांसद माधवप्रसाद सापकोटाले उक्त घटनामा विशेष छानबिन समिति बनाउन माग गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ०७ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष