संसद्‍मा उठ्यो प्रश्न- २५ करोड रूपैयाँको असली मालिक को हो ? « Khabarhub

संसद्‍मा उठ्यो प्रश्न- २५ करोड रूपैयाँको असली मालिक को हो ?


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले काठमाडौंको झोरस्थित एउटा ट्रकबाट सोमबार मध्यराति बरामद भएको २५ करोड बराबरको अवैध विदेशी मुद्राबारे छानबिन हुनु पर्ने बताएका छन् ।

यस्ता घटनामा ड्राइभर, भरिया जस्ता साना मान्छे पक्रिने तर मालिकसम्म पुगेर अनुसन्धान नहुने प्रवृत्ति देखिएको भन्दै उनले उचित छानबिन हुनुपर्ने माग सरकारसँग गरेका हुन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले छानबिन हुँदैन भन्ने गलत भाष्य चिर्न पनि २५ करोड बरामदमा मुख्य नाइके पत्ता लगाउने गरी छानबिन हुनु पर्ने माग राखेका हुन ।

‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका ड्राइभर कुसान लामाले हाकेको एउटा ट्रकबाट युरो र डलरसहित २५ करोड नेपाली समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरिया मात्रै समात्ने । जो धनी खास छन् उनीहरू कहाँ नपुग्ने प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गदर्छु ।’

खतिवडाले अहिलेसम्म भरिया मात्रै समातेर मालिककहाँ नपुग्ने समस्यालाई चिर्नुपर्नेमा जोड दिएका छन् ।

‘कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा भरिया र ड्राइभरलाई पक्रिने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो’, उनले भने, ‘अब सरकारले गहिरो अनुसन्धान गरेर मुख्य व्यक्तिलाई समात्नु पर्छ, नत्र यो अनुसन्धान आँखामा छारो हालेजस्तो देखिन पुग्छ ।’

२५ करोड १९ लाख बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको विषयले संसद्‍मा पनि स्थान पाएको हो । यसअघि नेकपा माओवादी केन्द्र सांसद माधवप्रसाद सापकोटाले उक्त घटनामा विशेष छानबिन समिति बनाउन माग गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ०७ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो