विद्युत् प्राधिकरणको बैंक खाता नरोक्न सर्वोच्चको आदेश « Khabarhub

विद्युत् प्राधिकरणको बैंक खाता नरोक्न सर्वोच्चको आदेश


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीसहितले करोडौं रकम मागदाबी गरी दायर गरेको मुद्दामा पाटन उच्च अदालत र काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन नगराउन सर्वोच्चले आदेश दिएको छ ।

चमेलिया जलविद्युत आयोजनाको तर्फबाट सर्वोच्चमा दायर भएको उत्प्रेषण मुद्दामा सर्वोच्चले काठमाडौं जिल्ला अदालतले दिएको निवेदन र नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत काठमाडौंको उपत्यका स्मार्ट मिटर आयोजनाको निवेदनमा पनि पाटन उच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना सेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीले नेपाल विद्युत प्राधिकरणसँग ८० करोड बढी भुक्तानी लिनुपर्ने भन्दै नेपालको विभिन्न अदालत र अन्तर्राष्ट्रिय मध्यस्थतामा समेत मुद्दा दायर गरेका थिए । ती मुद्दाको पक्षमा नेपालको दुवै तहको अदालत र अन्तर्राष्ट्रिय मध्यस्थताले समेत ती कम्पनीको पक्षमा फैसला गरेको छ ।

नेपाल विद्युत प्राधिकरण दुवै तहको अदालत र अन्तर्राष्ट्रिय फैसलाको विरुद्धमा सर्वोच्च जाने तयारी गरिरहेको बेला ती कम्पनीले भुक्तानी माग गर्दै पाटन उच्च अदालतको फैसला र जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन गर्न र नेपाल विद्युत प्राधिकरणको बैंक खाता रोक्ने प्रयत्न गरेका थिए । तर, अन्तिम समयमा प्राधिकरणको सम्बन्धित पक्षले सर्वोच्चमा मुद्दा दायर गरेपछि तत्कालका लागि भुक्तानी दिने र बैंक खाता रोक्का गर्ने बाटो बन्द भएको हो ।

सर्वोच्चले पिज्डम पिंगाओ जेभीको पक्षमा भएको फैसलाको सन्दर्भमा ‘१८ मे २०२३ मा मध्यस्थ न्यायाधिकरणबाट भएको निर्णय र सो निर्णयलाई सदर गर्ने गरेको उच्च अदालत पाटनबाट भएको निर्णय र सो निर्णय सदर गर्ने गरेको उच्च अदालत पाटनबाट २०८१-५-३० मा भएको फैसला कार्यान्वयन नगर्नु नगराउनु’, भनी सर्वोच्चले आदेश दिएको छ ।

त्यस्तै, सर्वोच्चले चाइना गेजुवा ग्रुपको पक्षमा भएको फैसलाको सन्दर्भमा ‘निवेदकले मुख्य रूपमा हदम्यादको प्रश्न उठाई मध्यस्थ न्यायाधिकरण तथा उच्च अदालत पाटनको फैसला उपर रिट निवेदन दायर भएको देखिएको र प्रस्तुत निवेदनको टुंगो नलाग्दै उक्त फैसला कार्यान्वयन हुँदा निवेदकलाई अपूरणीय क्षति पुग्ने अवस्थाको विद्यमानता देखिँदा निवेदनको अन्तिम टुंगो नलागेसम्म १७ सेप्टेम्बर २०२३ मा मध्यस्थ न्यायाधिकरणबाट भएको मिति २०८१-३-१६ मा भएको फैसला एवं काठमाडौं जिल्ला अदालतको ल.नं. १३९९-५४०० को निवेदनसमेत कार्यान्वयन नगर्नु’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : ०२ बजे

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर

हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले हान्यो दुई क्षेप्यास्त्र

तेहरान- इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमध्यमा दुई क्षेप्यास्त्र

नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला- फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा